दैलेखः दैलेख उद्योग वाणिज्य संघको चुनाव आज सर्वसम्मत घोषणाको तयारी गरिएको छ ।
शनिवार साधारण सभाको तयारी गरिएको भएपनि सभा स्थगित गरिएको छ । शनिवार बसेको बैठकले सर्वसम्मत नेतृत्व चयन गर्नका लागि अन्तिम कसरत सकिएको र आइतवार घोषणा गर्ने तयारी भएको छ ।
वर्तमान अध्यक्ष कुल बहादुर बि.क.लाई पुनः अध्यक्ष बनाउने यस अघि चुनावमा होमिएका अध्यक्ष नरेन्द्र थापालाई बरिष्ठ उपाध्यक्ष बनाउने । बिद्यान संसोधन गरेर बरिष्ठ उपाध्यक्षलाई अर्को कार्यकालका लागि अध्यक्ष बनाउने गरि जिल्लाका पार्टीहरुबीच सहमतिको प्रयास गरिएको छ ।
सहमतिका लागि नेकपा एमाले, नेपाली काँग्रेस, समाजवादी र अन्य साना दलहरुलाई पनि समावेश गर्ने तयारी गरिएको छ ।
अन्तिम टुँगो लागिसकेको छ । आइतवार घोषणा हुने तयारी भएको एक व्यापारिले जानकारी दिएका छन् ।










